इन्टरनेट जब त्यस्तो जब हो ।जोकोहि मान्छेले खाँसै पत्याउनगाह्रो मान्छ । यहाँबाट कसरीआम्दानी गर्न सकिन्छ त ?
भन्नेबिषयमा मान्छेहरु अनबिज्ञपनि छन् ।
नेपालको सन्दर्भमा हेर्ने हो भने अनलाइन जबलाई यति धेरै नराम्रो बिकृतिफैलाएर चलाईरहेका छन् । तिनीहरुको चर्चा गरेर यो लेखलाई तपाईहरु माझफैलाउन चाहन्न । जे भए पनि नेपालमा अनलाइन जबलाई ब्यवस्थित गर्ने कुनैत्यस्तो आधिकारिक कानुन तयार भएको छैन । किनकी नेपालीसभासदहरुलाई नै कतिपय रुपमा कम्प्युटरको ज्ञान भएको ब्यक्ति हुदैन ।यिनिहरुले कसरी बनाउन सक्छ अनलाइन जबको एउटा आधार ?
यसबाट कसरी आम्दानी गर्न सकिन्छ?
त्यसो भन्दैमा अनलाइन जब सपनाको खेती गर्ने ब्यवसाय चाहि पक्कै होइन । यसबाट धेरै लाभ लिने ब्यक्तिहरु पनि नेपालमा छन् । मुख्य शहर काठमाँण्डुमा निर्मल ज्ञवाली, अर्पना राणा, दिप्ती राणा, गोम्बु छिरिङ शेर्पा पोखरामा समिर ढकाल, रोशन चौधरी, सुरज श्रेष्ठ, प्रितिमी गुरुङ चितवन, धरान, नेपालगञ्ज धेरै ठाउँहरुमा यो व्यवसाय गर्ने युवाहरु छन् । उनीहरुले दैनिक डलर कमाईरहेका हुन्छन् । मुख्य कुरो यसबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने सबैभन्दा गहिरो बिषय हो । यहिनेर धेरै ब्यक्तिहरु चुक्ने र सफल हुने गर्दछ । अनलाइन जब बिभिन्न थरीका हुन्छन् । जस्तैः वेबसाइट प्रमोशन, डाटा इन्ट्रि, आउटसोर्सिङ वर्क, सर्भे, पिपिसी, ट्राफिक एक्सचेन्ज अनलाइन प्रोगाम आदि धेरै हुन्छन् । त्यसमा आफुले कुन काम गर्न सकिन्छ त्यो आफुलाई राम्ररी थाहा हुनुपर्दछ । यसको बारेमा तपाईले इन्टरनेटको गुगलमा पनि सर्च गरेर जानकारी लिन सक्नुहुन्छ । युट्युवमा तपाईले भिडियोहरु सर्च गरेर जानकारी लिन सक्नुहुन्छ । पहिलो चोटी अनलाइन जब गर्न चाहदै हुनुहुन्छ भने तपाईको साथमा कम्प्युटर अथबा ल्याप्टप भए अति नै राम्रो हुन्छ
किनकी तपाईको आफ्नै श्रोत भएपछि कुनै पनि समयमा सहज पुर्बक काम गर्न सक्नुहुन्छ । साथै तपाईको साथमा इन्टरनेट अनिवार्य चाहिन्छ । यसले गर्दा तपाई आफुले आवश्यक पर्ने बिषयबस्तुहरु सहजै अध्ययन गर्न सक्नुहुन्छ साथै काम पनि गर्न सक्नुहुन्छ । सबैभन्दा धेरै राम्रो र भरपर्दाे भनेको अनलाइन वर्कमा आउटसोर्सिङ अति नै राम्रो हुन्छ । तपाईसँग वेबसाइट डिजाइन, डाटा इन्ट्रि, लेख लेख्न सक्ने, बिजनेश प्लान बनाउने, प्रेजेन्टेशन, ग्राफिक डिजाइन आदि कामहरु गर्न सक्नुहुन्छ भने तपाईले बिदेशको त्यस्ता कामहरु घरबाटै गरेर कमाउन सक्नुहुन्छ ।
के हो त आउटसोर्सिङ वर्क ?
सामान्य भाषामा यो भनेको देशबाहिरको काम पनि सहज रुपबाट देशमै बसेर गरिने कामलाई आउटसोर्सिङ वर्क भनिन्छ । आफुसँग यदि कम्प्युटर वेब, ग्राफिक, वेब, आर्टिकल राइटिङ आदि राम्रो अनुभब र ज्ञान छ भने उक्त कामहरु गर्न सकिन्छ
कसरी पाउने त बाहिरको काम ?
बाहिरको काम पाउनको निमित्त इन्टरनेटको माध्यमबाट वेबसाइट भिजीट गरेर आफ्नो एकाउन्ट बनाउन सक्नुहुन्छ । जस्तै फ्रिल्यान्सर डट कम जस्ता वेबसाइटमा आफ्नो एकाउन्ट बनाउने र आफ्नो स्कीलहरु, अनुभबहरु त्यो एकाउन्टमा सबमित गर्नुपर्छ । त्यसपछि तपाईले गर्न सकिने काममा बिड गर्नुपर्छ । यसरी बिड गरेको समयमा तपाईलाई काम दिन पनि सक्छ नदिन पनि सक्छ । नदिए अर्को बिड गर्न सकिन्छ । यस्तो अवस्थामा तपाईले काम पाउनको लागि प्रोपोजल लेटर चाहि राम्ररी प्रस्तुत गर्नुपर्छ । तपाईले गर्नुभएको कामको केहि प्रुफहरु पठाउनु पर्दछ । प्रोपोजल पेश गर्दा त्यहाँ लेखिएका कुराहरु स्पष्ट हुन पर्दछ । त्यहाँबाट नै तपाईले काम पाउन सक्नुहुन्छ अर्थात तपाईको बिड सक्सेस हुन्छ । यसरी तपाईले जब काम पाउनुहुन्छ त्यसपछिको क्रममा इमान्दारीपुर्बक तपाईको क्लाइन्टस्को काम गरिदिनुपर्छ । हरेक दिन तपाईले कामको बारेमा जानकारी गराईराख्नुपर्छ ताकि के गर्दै हुनुहुन्छ, कति कामहरु पुरा भयो । यसले गर्दा तपाईको क्लाइन्ट्स्लाई बिश्वास लाग्छ कि तपाईले राम्रो काम गर्दै हुनुहुन्छ । तपाईले जब काम पुरा गर्नुहुन्छ । त्यसपछि तपाईको क्लाइन्ट्सको टेष्टोमानियल लिन भने भुल्नुहुन्न यसले गर्दा तपाईले अर्को पटक काम सहज रुपमा प्राप्त गर्न सक्नुहुन्छ । किनभने तपाई अब यो प्रोजेक्टमा अनुभबी ब्यक्ति हुनुभयो । तपाईको सम्पुर्ण जानकारी लिनको लागि तपाईले आफ्नो ब्लग पनि बनाउनु उपयुक्त हुन्छ किनकी तपाईले के गर्दै हुनुहुन्छ । तपाईको बायोडाटा, पोर्टफोलियो आदि सहज रुपमा अध्ययन गर्न सकियोस् । जसले गर्दा भोलीको समयमा तपाई एउटा पपुलर आउट सोर्सिङ वर्कर बन्नुभयो भने तपाईको पछाडि कामको ताती लाग्छ । पाकिस्तानको कराची स्थित साल्मा जाफ्रि नाम गरेकी एक महिलाले यहि आउट सोर्सिङ वर्क गरेर खुब नाम कमाएकी छिन् । ति महिलाले गर्दा अहिले धेरै भन्दा धेरै महिलाले यो सम्बन्धि राम्रो तालिम लिएर काम गरिरहेको युट्युबले जनाएको छ । उनको बारेमा तपाईले पनि युट्युबमा क्बmिब व्बाचष् सर्च गर्न सक्नुहुन्छ । उनले ग्राफिक डिजाइन र आर्टिकल राईटिङ सम्बन्धि काम गर्छिन् । उनको भनाई छ सामान्य कम्प्युटर ज्ञान हुनेले सानो सानो जबबाट सुरु गर्न सकिन्छ जस्तै डाटा इन्ट्रि, टाइपिङ जस्ता कामहरु गर्न सकिन्छ । यो क्षेत्रमा लाग्नको लागि एउटा बलियो सोच हुनपर्दछ । नेपालको चर्चित लेखक तथा उद्यमी कर्ण शाक्यले आफ्नो “सोच” किताबमा लेखेका छन् कि हरेक मान्छेको सकरात्मक सोचाई हुनपर्दछ । यो क्षेत्रमा नराम्रो बिकृति पनि भएकोले यसमा हरेक मान्छेले बिश्वास गर्न गाह्रो हुन्छ । तसर्थ प्रथमतः तपाई पुर्ण रुपमा सकरात्मक सोच लिएर अगाडि बढ्नुपर्दछ । यसरी तपाईको सोच बलियो भएपछि तपाईले यो बिषयमा धेरै जानकारीहरु खोजी गरी अध्ययन गर्नुपर्दछ । निरन्तर खोजीको प्रयाश तपाईमा रहन्छ भने तपाईले यो काम बिस्तारै सुरुवात गर्न सक्नुहुन्छ । साथै यो बिषयमा तालिम दिने धेरै संस्थाहरु त छन् तर उपयुक्त तालिम दिने प्रशिक्षण केन्द्रहरु कम नै छन् । तपाईले यो बिषयमा इन्टरनेटमा पनि सर्च गर्न सक्नुहुन्छ । ताकि यसमा कसरी काम गर्ने भन्ने बिषयमा धेरै लेखहरु पढ्न पाइन्छ । पत्रपत्रिकाहरुमा पनि यस बिषयमा लेखहरु प्रकाशित भईरहन्छ तसर्थ तपाईले यस बिषयमा धेरै अध्ययन अनुशन्धान गर्न सक्नुभयो भने पक्कै पनि तपाई राम्रो फ्रिल्यान्स् वर्कर बन्न सक्नुहुन्छ । सजिलो अनलाइन जब तथा बिजनेशतपाईले अनलाइनमा सजिलो तरिकाको जागिर अथबा ब्यापार पनि गर्न सक्नुहुन्छ ।
सरकारको कस्तो छ यस मा सहयोग ?
नेपालमा कतिको फाइदा पुग्छ र कतिको रोजगारीको शिर्जना हुन्छ भन्ने कुरा सरकारले मुल्यांकन पनि गर्न सकिरहेको छैन । एक त सरकार नै कम्प्युटर ज्ञान प्रति जति हुनुपर्ने हो त्यति धेरै ज्ञान हासील छैन । खबरमा सुन्नमा आउछ कि सभासदहरु बल्लतल्ल कम्प्युटर सिक्दै छन् रे । यो इन्टरनेट जब भन्ने कुरा कम्प्युटर सिके पछि पनि धेरै टाढाको कुरा हो । आज अन्य देशहरुमा हेर्ने हो भने अनलाइन जब गर्ने धेरै त्यस्ता ब्यक्तिहरु छन् । जो ब्यक्तिहरु बिद्यार्थी छन् । जो ब्यक्तिहरु पार्ट टाइम काम गर्नेहरु छन् । जो ब्यक्तिहरु गृहिणी छन् । सबैले यसलाई गरिरहेका छन् । तर नेपालमा भने यसको कुनै खोजी नै हुदैन । यदि नेपालमा अनलाइन जबलाई ब्यवस्थीत बनाउन सकियो भने आधा भन्दा बढि युवाहरुले राम्रो काम पाउछन् । आधा भन्दा बढि ब्यक्तिहरु आफ्नै देशमा बसेर बिदेशी पैसा भित्राउन सक्छन् । बेरोजगारी हट्थ्यो । तर नेपाल सरकार मौन छन् यस्ता कुरामा । आशा गरौ कुनै समयमा त्यस्तो दिन पनि आउला कि ?
अनिश अलि
वेब , एप डेवलपर
